मोजाविना नै जुत्ता लगाउने बानी छ ? होसियार !
काठमाडौं – यदि तपार्इलाई मोजा बिना नै जुत्ता लगाउने बानी परेको छ भने त्यो स्वास्थ्यको लागि हानिकारक हुने अध्ययनले देखाएको छ । वैज्ञानिकहरूका अनुसार मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्ने देखिईएको छ । दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो पसिना सोस्छ । तर मोजा लगाउनुभएन भने जुत्ताभित्र आर्द्रता आउँछ र त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ ।
यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँने बताईएको छ । आफ्नो खुट्टालाई स्वतन्त्र छाड्नुहोस् भन्ने अवधारणामा बनाइएका यी मोजामा पानीले कुनै असर पार्दैन । तलुवामा स साना रबरका गोटी राखिएको हुन्छ जसका कारण पाइतालाले जमिनको सतहमा राम्रोसँग टेक्न पाउँछ र खुट्टा लडखडाउँदैन ।फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ ।
Comments
Post a Comment