प्रधानमन्त्री देउवाले चिनेनन् माओवादी मन्त्री, नचिन्दा जोगिइन् मिथिला….!!!
28.3K
31
17
11Share
9Share
28.4K
३१ असोज, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । तर, त्यसरी विनाविभागीय बनाउने बेलामा प्रधानमन्त्री देउवाले जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी पनि माओवादी हुन् भन्ने पत्तै पाएनन् ।
मंगलबार अकस्मात विनाविभागीय बनाइएका माओवादी मन्त्रीहरुलाई छानीछानी विनाविभागीय बनाउने क्रममा प्रधानमन्त्री देउवाले जनसंख्यामन्त्री मिथिला चौधरीको जिम्मेवारी भने कायमै राखेका छन् ।
चौधरी नेकपा संयुक्तका तर्फबाट देउवा नेतृत्वको सरकारमा मन्त्री बनेकी हुन् । तर, नेकपा संयुक्त अघिल्लो साता माओवादीमा विलय भइसकेको छ । र, पार्टी एकतापछि चौधरी अब नेकपा संयुक्तकी नभएर माओवादीकी मन्त्री बनेकी छिन् ।
तर, प्रधानमन्त्री देउवाले मिथिलालाई माओवादी भनेर चिनेन् । चिनुन् पनि कसरी देउवाको मन्त्रिमण्डलमा ५ दर्जन मन्त्रीहरु छन्, सबैलाई चिनेर पनि साध्य छैन ।
Comments
Post a Comment