चर्चित गुण्डा नाइके ‘दिपक मनाङ्गे’ माथि एमालेले ग-यो यस्तो निर्णय…



केहि दिन अघि जिल्लाबाट उम्मेद्वारको नाम सिफारीस गर्नको लागि तयार भएको कार्यदलले नेपालमा लामो समय देखि कुख्यात आपराधीक कार्यमा संलग्न रहेका राजीव गुरुङ्ग अर्थात दिपक मनाङ्गेको नाम सिफारीसमा परे देखि एमाले भित्र र बाहिरबाट समेत चर्काे विरोध भएको थियो ।

पहुँचमा मान्छे भएको खर्च गर्न सक्ने व्यक्तिलाई उम्मेद्वार बनाउने परिपाटीले गर्दा दिपक मनाङ्गेले टिकट पाउने भन्दै चर्काे विरोध भए पछि उनलाई टिकट नदिने निर्णय भएको छ । सुरुमा प्रदेश सभाको
लागि उम्मेद्वारको नाम सिफारीस गर्दा मनाङ्गे समेत सिफारीसमा परेका थिए ।

चौतर्फि विरोध हुँदा समेत कुनै कुरामा नबोलेको टिकट बाँडफाँड समितिले अन्तिम समयमा आएर टिकट नपाउने भएको जानकारी दिए पछि मनाङगे सहित सबै चकित परेका छन् । मनाङगेको नाम प्रदेश सभाका लागि सिफारिस भएपछि एमालेभित्रै र बाहिर बिरोध हुँदै आएको थियो ।

एमालेले मनाङमा प्रतिनिधि सभा सदस्यमा पोल्देन छोपाङ गुरुङलाई टिकट दिएको छ । प्रदेश सभामा ‘१’ मा खण्ड लामा गुरुङ र ‘२’ मा दोर्जे डण्डल गुरुङले टिकट पाएका छन् ।

गुन्डा नाइके मनाङगेले आफूलाई टिकटबाट रोक्न ठूलो प्रयास भएको भन्दै विज्ञप्ति समेत जारी गरेका थिए । एमालेको निर्णयले गुन्डा नाइके मनाङगेलाई प्रदेश सभाको विधायक बन्ने सपनामा धक्का लागेको छ । एमालेका अध्यक्ष केपी ओलीले केही दिन अगाडि प्रज्ञाभवनमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलोपछि पत्रकारसँग कुरा गर्दै कुनै पनि गुन्डाले टिकट नपाउने प्रतिक्रिया दिएका थिए

Comments