उम्मेदवार छान्न एमालेमा मतदान
काठमाडौं । एमाले नुवाकोटमा सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन नसकेपछि निर्वाचन क्षेत्र नं १ को प्रदेश नम्बर २ मा मतदान गरेको छ ।
सहमति नजुटेपछि मतदान गर्नुपरेको एमाले जिल्ला कमिटीका सल्लाहकार मुकुन्द आचार्यले बताएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि जिल्लाको क्षेत्र नं।१ को प्रदेश २ मा मतदान भएको हो । मतदानमा प्रत्यक्षतर्फ बद्री मैनालीले बढी मत पाएका छन् । उनले १३ मत पाएका थिए । उनीसँगै पूर्णलाल श्रेष्ठ ५ मत र अच्युतराज पाण्डेले ४ मत पाए ।
समानुपातिक तर्फको उम्मेदवारमा मुकुन्द आचार्यले १० मत पाएका थिए । बढी मत ल्याउने मैनाली र आचार्य उम्मेदवार सिफारिस भएका छन्
Comments
Post a Comment