लोकेन्द्र बिष्टले माओवादी छाड्नुको कारण पर्दाफास !



0S

काठमाडौं । लोकेन्द्र मगर विष्टले माओवादी केन्द्र पार्टी छाड्नुको कारण भेटिएको छ । पार्टीका नेताहरुले तपाईंसँग यति धेरै पैसा कहाँबाट आयो भनेर सोधखोज गर्न थालेपछि विष्ट रिसाएर माओवादी केन्द्र छाडेको बताइएको छ ।

पछिल्लो समयमा लोकेन्द्र विष्ट मगर अनेक विवादमा तानिदैँ आएका छन् । करिब ३ वर्ष अगाडि ३६ किलो सुन हराएको थियो, जुन विष्टको गाडीले लगेको भन्ने पुलिसमा त्यही रेकर्ड छ, जुन हेर्न सकिन्छ ।

पर्यटन विभागको जिम्मेवारी सम्हालेपछि पर्यटनमा हुने विभिन्न संघको चुनावमा विष्टमाथि पैसा उठाएको आरोप छ । जस्तै गत साउनमा सम्पन्न एनएमए चुनावमा समेत विष्ट विवादमा तानिएका थिए ।

विष्टले मन्त्री हुँदा अकुत भ्रष्टाचार गरेको आरोप पनि छ । उनले त्यहाँबाट कमाएको पैसाले पेप्सीकोलामा आलिशान बंगला किनेका छन् । माओवादी केन्द्रका एक नेताले नाम नबताउने सर्तमा भने, ‘त्यसको विरोध आउन थालेपछि विष्टले पार्टी छाडेको नाटक गरेका हुन् ।’

विष्ट मन्त्री हुँदा कमाएको पैसाले भकुण्डेवेशी, काभ्रेको विभिन्न ठाउँ र साघूमा जग्गा किनि कालो धनको नाटक देखाएको आरोप छ ।

मन्त्री हुँदा विष्ट भिसा नै नभएको रातो पासपोर्ट बोकेर विदेश भ्रमण गएका बेला पक्राउ समेत परेका थिए । सार्वभौम देशको बहालवाला मन्त्री बिनाभिसा विदेशी मुलुक पुग्नु र पक्राउ पर्नु राष्ट्रिय प्रतिष्ठामा ठूलो धक्का हो । लोकेन्द्र विष्टको युएई प्रकरणले मुलुककै बेइज्जत भएको थियो

Comments