कांग्रेस प्रवेशको क्रममा यसरी धुरु धुरु रोए गच्छधार ! आखिर किन ?
शेयर गर्नुहोस
FacebookTwitterGoogle+Share12
कांग्रेस प्रवेश गर्ने क्रममा गच्छ्धार निकै भावुक भएर उपस्थीत भए ! हेर्नुहोस पूरा खबर
काठमाण्डु, ३० असोज – पार्टी एकता घोषणा कार्यक्रममा फोरम फोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार निकै भावुक मुद्रामा उपस्थित थिए । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको पार्टी कांग्रेसमा विलय हुँदै थियो ।
सभामा प्रधानमन्त्री शेरबहादुर देउवा र विजयकुमार गच्छदारले हात मिलाउँदै एकताको दस्तावेज सार्वजनिक गरे ।
१० वर्ष अघि कांग्रेस छाडेका गच्छदार त्यो दिन सम्झिदै एकाएक रुन पो थाले । उनको आशाँबाट आँशुको वर्षात हुन थाल्यो । सभामा उपस्थित सबैलाई गच्छदारको रुवाइले भावुक हुन बाध्य बनायो । यो क्रम चलिरहँदा कतिपयका मनमा भने रुर्दै मिलेका गच्छदार फेरि बारिहरिने पो हुन् कि भन्ने भयले तर्साइरह्यो ।
एकता सभामा रुर्दै उनले सम्झिए १० वर्ष अघिको त्यो दिन,‘१० वर्ष म मधेसी जनताको आन्दोलनलाई साथ दिन गएको थिए ।’
भक्कानिएका उनले फेरि सम्झिए, ‘त्यो दिन बालुवाटारमा गिरिजा र सुशील दाजुहरु हुनुहुन्थ्यो, उहाँहरुले रोक्न खोज्दाखोज्दै पनि म गएको थिएँ, त्यतिबेला पनि म भावुक भएको थिएँ ।’
यसरि कार्यक्रम मै धुरु धुरु रुनु लाइ यहाँहरु के भन्नुहुन्छ ? आफ्नो बिचार राख्नुहोला तथा यो खबर सक्दो शेयर गर्नुहोला
Comments
Post a Comment