निर्वाचन आयोगको जवाफले राष्ट्रपति चकित, देउवालाई मिल्यो राहत
काठमाडौं । मन्त्रिमण्ड विस्तारको विरोध गर्ला भन्ने धेरैको अनुमान विपरित निर्वाचन आयोगले धारणा सार्वजनिक गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयुक्तहरुले सरकार विस्तारले निर्वाचनमा प्रतिकुल असर नपर्ने भनाई राखेका छन् ।
नवनियुक्त मन्त्रीलाई सथप नखुवाउने आधारको लागि राष्ट्रपतिले आयोगसँग परामर्श गरेकी थिइन् । तर, धारणा उल्टो अायो । आयोगको जवाफले राष्ट्रपति भण्डारी चकित भएकी छन् भने प्रधानमन्त्री देउवालाई केही राहत मिलेको छ ।
छलफलमा आयोगका पदाधिकारीहरुले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको कुरा भएको समेत बताएका थिए ।
छलफलपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले यसअघिका सरकार विस्तारले स्थानीय चुनावलाई कुनै असर नपरेको भन्दै अब पनि प्रतिकुल असर नपर्ने बताएका थिए ।
Comments
Post a Comment